fbpx

छापामार शैलीमा विश्वविद्यालयको कम्प्युटर ह्याक गर्ने नेताहरु पक्राउ !



नेपालबहस संवाददाता
 




कास्की । पोखरा विश्वविद्यालयको कम्प्युटर ह्याक र डाटा चोरीमा कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरुको सलंग्नता रहेका देखिएको छ । उनीहरुले केही दिनअघि मात्रै छापामार शैलीमा क्याम्पस प्रशासनको परिसरमा पुगेर कम्प्युटर ह्याक गरेका थिए ।

प्रहरीले भने यो घटनाको आरोपमा पोखराका ४ जना नेविसंघका नेताहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा डिफान भुजेल, विनय पौडेल, राजेन्द्र बराल र अभिषेक गिरी छन् । उनीहरु पोखरा विश्वविद्यालयकै विद्यार्थी हुन ।