बोल्न नसक्ने गर्भवती महिलालाई पनि छाडेनन् यौन पिपासुले


Share This

नेपालबहस संवाददाता    

कपिलवस्तु । देशमा दिनमा एक बलात्कारका घटना आइरहेकै छन । तर कस्तोसम्म भयो भने बोल्न नसक्ने गर्भवती महिलालाई समेत यौन पिपासुले बलात्कार गरेका छन ।

बलात्कृत हुने विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिला छिन । घटना १२ भदौ रातिको हो । श्रीमान घरमा नभएका बेला तीन जनाको समुहले ती महिलामाथि बलात्कार गरेका थिए ।

पक्राउ पर्नेमा ४० वर्षीय प्रह्लाद केवट, ४२ वर्षकी वर्षाती केवट, र २८ वर्षीय बकन्चु केवट छन । प्रह्लाद र बर्षातीको सहयोगमा बकन्चुले ती महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया