डाक्टरहरूलाई वार्ता गर्न सरकारले बोलायो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका डाक्टरहरूलाई सरकारले वार्तामा बोलाएको छ। स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले वार्ता गर्न बोलाएको छ हामी जान्छौ तर आन्दोलन पनि जारी राख्ने बताएका छन् ।

संघको आयोजनामा आज देशभरका अस्पतालमा प्रशासनिक काम बन्द गरिएको छ। आइतबारदेखि आकस्मिकबाहेक सेवा बन्द गरेर डाक्टरहरूले नयाँ मुलुकी ऐनमा भएको इलाज व्यवस्थाको विरोध गरेका थिए।

ऐन बनाउँदा आफूहरूलाई एक पटक पनि नसोधिएको र बद्नियतपूर्ण तरिकाले कानुन ल्याएको उनीहरूको आरोप छ। उनीहरूले अपराध संहिताको दफा २३० देखि २३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग गरेका छन्।

सरकारले भने डाक्टरहरूले अत्यावश्यक सेवा अवरोध गरेको भन्दै उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो।

आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक सेवा ऐन अनुसार कारबाही र जरिवानाको चेतावनी दिएको हो।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •