बलात्कारपछि हत्या प्रकरण : अनुसन्धान गर्न अर्को समिति गठन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ ।

सोमबार केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ का एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले बताए ।

समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका अफिसरहरु रहेका छन् । टोली त्यहाँ पुगेर काम थालिसकेको जनाइएको छ ।यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरि मैनाली नेतृत्वको समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ ।

यस्तै घटनाको सुरुवाती चरणमा अनुसन्धान गर्न सीआईबीकै डीएसपी अंगुर जोशी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।

तपाईको प्रतिक्रिया