अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक प्रस्ताव स्वीकृत


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गरेका थिए ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्राविधिक शिक्षाको पहुँचलाई सहज बनाउन लागिएको र केही प्रक्रियासमेत शुरु भएको उल्लेख गरे ।

चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा करीब ११ प्रतिशत मात्रै बजेट उपलब्ध भएको उल्लेख गर्दै मन्त्री पोखरेलले क्रमशः बजेट बढाउँदै लैजाने बताए ।

आधारभूत शिक्षा नलिनेलाई सामािजक रुपमा कुनै पनि सेवा तथा सुविधा प्राप्त नहुने व्यवस्था विधेयकमा राखिएकाले आगामी केही वर्षभित्रै कुनै पनि नागरिक निरक्षर नरहने भन्दै सबैलाई शिक्षा, व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको उनले स्पष्ट पारे ।

कक्षा १२ सम्म शिक्षा निःशुल्क बनाउने क्रममा सरकार लागिरहेको र त्यसमा देखिएका समस्यालाई समेत क्रमशः हटाउँदै लगिने मन्त्री पोखरेलको भनाइ थियो ।

सातवटै प्रदेशमा फरक क्षमता भएका विद्यार्थीका लागि विद्यालय जरुरी रहेकाले त्यस्ता विद्यालय स्थापनाको तयारी गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया