प्रकाण्डलाई न्यायाधीशको रोहबरमा रिहा गर्न सर्वोच्चको आदेश


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई न्यायाधीशको रोहबरमा रिहा गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले नुवाकोट नुवाकोट प्रहरीको हिरासतमा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा रिहा गर्न आदेश दिएको हो।

सर्वोच्चले प्रकाण्डको तेस्रो बन्दीप्रत्यक्षीकरण निवेदनको सुनवाई गर्दै प्रहरी प्रशासनलाई सचेत समेत गराएको छ। सर्वोच्चले पटक पटक अदालतको आदेश लत्याएको भन्दै आपत्ति समेत जनाएको छ।

तपाईको प्रतिक्रिया