आफ्नै आमालाई बलात्कार गर्ने युवकलाई जन्मकैदको फैसला


Share This

नेपालबहस संवाददाता    

भोजपुर । आफ्नै आमालाई बलात्कार गर्ने युवकलाई जन्मकैदको फैसला भएको छ। भोजपुरको साल्पासिलोछो गाउँपालिका २ दोभानेका २७ वर्षीय आकाश ‘परिवर्तित नाम ‘ लाई जन्मकैदको फैसला भएको हो।

आफ्नै जन्मदिने आमालाई बलात्कार गर्ने आकाशलाई जन्मकैद सहित २७ वर्षको कैद फैसला भएको हो। जवरजस्ति करणीमा ७ वर्ष र जन्मदिने आमालाई करणी गरेकोमा हाडनाता तर्फ जन्मकैदको फैसला भएको जिल्ला अदालतका सुचना अधिकारी मणिराम पोखरेलले बताए।

जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्गनामको इजलासले जन्मकैदको फैसला गरेको हो। अभियुक्त आकाशले ६२ वर्षिय आमालाई पटकपटक बलात्कार गर्दै आएका थिए।

आफ्नै छोराले पटकपटक बलात्कार गरेपछि उनी न्याय माग्न गाउँपालिका पुगेकी थिइन। गाउँपालिकाले प्रहरीमा पठाएपछि प्रहरीले आकाशलार्इ प्रक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको थियो।

आमाको पहिचान खुल्ने भएका कारण छोराको नाम भने खुलार्इएको छैन।

तपाईको प्रतिक्रिया