धनुषामा गोली चल्यो, एकको अवस्था गम्भिर !


Share This

नेपालबहस संवाददाता    

जनकपुर । धनुषाको जनकपुरमा गोली चलेको छ । नचिनेको मानिसहरुको समुहले हानेको गोली लागेर लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ का ३५ बर्षिय संजय शर्मा घाइते भएका छन ।

उनको पेटमा गोली लागेको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सोमबार राति शर्मा र उनका दाजु मोटरसाइकलमा जनकपुरबाट घर फर्किरहेको बेला लक्ष्मीनियाँ बजारमा गोली प्रहार भएको हो ।

गोली कसले र किन हानेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया