एनएमबि बैंकको अगुवाईमा होङसी शिवम् सिमेन्टमा १६ अर्ब कर्जा लगानी



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो कर्जा लगानी होङसी शिवम् सिमेन्टमा भएको छ । सिमेन्ट उद्योग अब सफलतापूर्वक निर्माण सम्पन्न हुने क्रममा पुगेको छ ।

नेपाली १६ अर्ब रुपैयाँको सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि  प्रमुख बैंकको रुपमा रहेको बैंकले जारी गरको विज्ञप्तीमा उल्लेख गरिएको छ । एनएमबी बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन् ।

होङसी शिवम् सिमेन्टमा होङसी होल्डिङ लिमिटेड अन्तर्गतको एक सहायक प्रतिष्ठान हङकङ रेड लायन सिमेन्ट नम्बर ३ को ७० प्रतिशत हिस्सा र शिवम् सिमेन्ट लि.को एक सहायक प्रतिष्ठान शिवम् होल्डिङ प्रा.लि.को ३० प्रतिशत हिस्सा रहेको छ ।

होङसी शिवम् सिमेन्टले धितो पत्र बोर्ड र नेपाल राष्ट्र् बैंकबाट रु ९.८२ अर्ब रुपैयाँ FDI को स्वीकृति लिएको छ ।

कारखाना पूर्ण क्षमतामा संचालन भए पश्चात् यसको प्रतिदिन क्लिन्कर र सिमेन्ट उत्पादन क्षमता ६००० टन (१२०,००० बोरा सिमेन्ट प्रतिदिन) पुग्ने भएको छ । साथै कारखाना आफैले पनि कारखाना संचालनका लागि आवश्यक पर्ने ५० मेगावाट मध्ये १२ मेगावाट विद्युत फोहर वस्तुको तापबाट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै होङसी शिवम् सिमेन्टका निर्देशक लाइवी पेङले भने :– “हामी आयोजनाको आर्थिक पक्षको व्यवस्थापन गर्न पाएकोमा हर्षित छौं, जसले होङसी शिवम् सिमेन्टलाई नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना बनाएको छ ।”

कार्यक्रममा  एनएमबि बैंकका सिइओ सुनिल केसीले भने :– “एनएमबि बैंक देशको दिगो विकासमा योगदान पु¥याउने किसिमका आयोजना तथा क्षेत्रहरुमा सहयोग प्रदान गर्नमा विश्वास राख्दछ । यसप्रकारका आयोजनाहरुले देशमा पूर्वाधार निर्माणमा योगदान पु¥याउछ, FDI को लागि प्रोत्साहित गर्दछ र रोजगार सृजना गर्नमा मद्दत पुग्दछ ।”

होङ्सी शिवम् सिमेन्टमा ५ बैंकहरुले गरे १६ अर्ब ऋण लगानी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार