विशेष भेटवार्ताका लागी बालुवाटार पुगे ‘प्रचण्ड’



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारत भ्रमणको पूर्वसन्ध्यामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार साझ विशेष भेटवार्ता भएको छ ।

पर्सि बिहीबारदेखि भारत भ्रमणमा जाने तयारीमा रहेका नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच आज विशेष भेटवार्ता भएको हो । भेटमा भारत भ्रमणका विभिन्न विषयका साथै लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको एआइजी बढुवाको विषयमा समेत गम्भिर छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

सरकारका विषयमा आलोचना हुन थालेपछि सरकारका काम कारबाही बारे समीक्षा गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको स्रोतले जनाएको छ।

त्यस्तै तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा पार्टी एकता भए पनि जिल्ला र जनवर्गीय संगठनको एकता बाँकी नै छ। दुई अध्यक्ष बीचको भेटमा दुईपार्टीको एकतालाई निष्कर्षमा पु¥याउने विषयमा पनि कुरा भएको स्रोतले जनाइएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •