सिरियामाथि रुसको आक्रमण शुरु, अमेरिकाको चेतावनी पैतालामा


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । अमेरिकाको चेतावनीका बाबजुद रुसले सिरियाको इदलिबमा हवाई आक्रमण शुरु गरेको छ । यद्यपी अमेरिकाले आक्रमणलाई चुपचाप लागेर नहेर्ने भनेको २४ घण्टा नबित्दै रुसले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा आक्रमण शुरु गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सिरियाली सरकार, इरान र रुसले आक्रमण शुरु गरे सर्वसाधारणको ज्यान जाने भन्दै आक्रमण रोक्न भनेका थिए ।

उता क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी चेतावनीलाई नकार्दै आफूहरुले सिरियामा भएका आतंककारीका अखडाहरु हटाउने बताएका छन्।

अमेरिकासँगै संयुक्त राष्ट्रसंघले समेत सिरियाली बशर अल असद सरकारको आलोचना गर्दै रुसी आक्रमणको निन्दा गरेको छ । तर रुसले भने अमेरिकी समर्थित विद्रोहीलाई सखाप पार्न यो अन्तिम लडाई भएको बताएको छ ।

सिरियाली द्वन्द्वमा परी अहिलेसम्म चार लाखको ज्यान गइसकेको छ भने ८ लाख बिस्थापित भएका छन ।

तपाईको प्रतिक्रिया