बिचौलियाबाट छुटकारा पाउन पेट्रोल पम्पहरु विद्युतीय प्रणालीमा जादै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल आयल निगमले सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने योजना अघि सारेको छ। पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित बनाउन सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने सोच अघि सारिएको निगमका कार्यकारी प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आयल निगमको व्यापार घाटा मासिक रुपमा करिब ६४ करोड हुने देखिएको पनि बताए। उनले विद्यमान घाटालाई पूर्ति गर्नु निगमको लागि मुख्य चुनौती रहेको पनि स्पष्ट पारे।

हवाई इन्धनमा हुने नाफाले मात्रै निगमलाई टिकाउन सकिएको पनि उनको भनाइ छ। यसअघि पम्पबाट पैसा तिरेअनुसारको तेल नपाएको भन्दै बिचौलियाविरुद्ध आक्रोशित सर्वसाधारणलाई राहत दिन सरकारले यस्तो व्यवस्था पनि गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया