मिश्रलाई पहिलो गासमै ढुंगा : ४ वटा उजुरी, माइतीघरमा साबित्रीको नाराबाजी !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । संसदीय सुनुवाई समितिमा कामु प्रधानन्यायाधीशविरुद्ध विभिन्न विषयमा चार वटा उजुरी परेका छन् । प्रधानन्यायाधीशमा सिफारिस भएका मिश्रविरुद्ध ४ वटा उजुरी परेको संसद सचिवालयले जनाएको छ ।

सचिवालय श्रोतका अनुसार रञ्जन कोइरालाको मुद्दामा मिश्रले गरेको आदेश, हाँडीगाउँको जग्गा, एनसेलका सम्बन्धमा गरिएको आदेश र शैक्षिक प्रमाणपत्रका सम्बन्धमा उजुरी दर्ता भएका छन ।

एनसेल प्रकरण र हाँडीगाउँको सार्वजनिक जग्गा व्यक्तिका नाममा गरिएको फैसलामा दीपकराज जोशीसँगै मिश्रको पनि मिलेमतो रहेको उजुरी कर्ताको दाबी छ ।

छबिका हिसाबले विवादित कम भएपनि घुस प्रकरणमा मिश्र मुछिएका उजुरीकर्ताले दाबी गरेका छन । भदौ ७ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका प्रधानन्यायाधीश मिश्रमाथि परेका उजुरीको सुनुवाई भदौ २२ गतेदेखि शुरु हुनेछ ।

यसअघि संसदीय सुनुवाई समितिले दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि मिश्रलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।

साबित्रीको प्रदर्शन ?

यसैबीच सामाजिक तथा महिला अधिकारकर्मी साबित्री गौतमले मिश्रविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेकी छन । उनले बुधबार मण्डलामा गरेको प्रदर्शनमा युवाहरुको पनि सहभागिता थियो ।

उनले डिआइजी रञ्जन कोइराला प्रकरण, हाँडीगाउँको जग्गा प्रकरण र शैक्षिक योग्यताको फैसलाका विषयमा नाराबाजी गरेकी थिइन । अरु न्यायाधीसभन्दा कम विवादित देखिएका मिश्रलाई पनि पहिलो गासमै ढुंगा लागेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •