फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्याँस २५ रुपैयाँ महँगो !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातीबाट लागु हुनेगरी पेट्रोलमा १, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ बृद्धि गर्ने निगमले निर्णय गरेको हो ।

यस्तै ग्यासमा प्रति सिलिन्डर २५ रुपैयँ बृद्धि भएको छ । यसअघि पेट्रोल र डिजेलमा मात्रै मुल्य बढ्ने गरेको थियो । अब उपभोक्ताले पेट्रोल प्रति लिटर १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ तिर्नुपर्नेछ ।

ग्याँसको प्रतिसिलिण्डर अब १४ सय रुपैयाँ पर्ने भएको छ । यसअघि १३ सय ७५ रुपैयाँ मुल्य थियो । ग्यासमा समेत मूल्य बढाएपछि निगम र सरकारको आलोचना हुने अनुमान गरिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •