तलब बढाउने मलेसियाको घोषणा, नेपाली कामदार लाभान्वित !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नयाँ बर्षदेखि मलेसियन सरकारले कामदारको न्यूनतम तलब बढाउने घोषणा गरेको छ । जनवरी १ देखि लागू हुने गरी घण्टाको ५ दशमलव ५ रिंगिट तथा मासिक १ हजार ५० रिंगिट न्यूनतम तलब हुने मलेसियाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अहिले मलेसियामा कामदारको न्यूनतम तलब ९२० देखि १ हजार रिंगिटसम्म छ । देशको आर्थिक अवस्थाका आधारमा तलब बढाउने घोषणा गरिएको मलेसियाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

न्यूनतम तलब बढ्दा त्यहाँ कार्यरत नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत छन ।

तपाईको प्रतिक्रिया