रोलक्रम विवादकै कारण एआइजी बढुवामा ढिलाई, आइजिपी खनाल अनिर्णीत !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पाँच महिनादेखि रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी बढुवा प्रक्रियामा रोलक्रम विवाद भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बेलुकी छलफल भएपछि गृह मन्त्रालयले आइजिपी बढुवा प्रक्रिया अगाडी बढाएको हो ।

प्रधानमन्त्रीकै निर्देशन आएपछि बिहीबार बढुवा समिति बैठक बस्नेछ । तर प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच क कसलाई एआइजी बनाउने भन्ने विषयमा सहमति नहुँदा अन्योल छ ।

रोलक्रम अनुसार एआइजीको पहिलो नम्बरमा प्रहरी नायव महानिरीक्षक डिआइजी पुष्कर कार्की, दोस्रोमा मनोज न्यौपाने, तेस्रोमा ठूले राई, चौथोमा धीरू बस्नेत र पाँचौं नम्बरमा सुरेशविक्रम शाह छन्।

गुण्डा नाइके चरीको इन्काउन्टबाट चर्चामा आएका कार्की आइजिपी दाबेदार थिए । तर खेलमा मिलेमतो गर्ने खेलाडीलाई जेल हाल्ने र घैँटेलाई इन्काउन्टर गर्ने डिआइजी सर्बेन्द्र खनालले आइजिपी पद पड्काएपछि कार्की एआइजीमा चित्त बुझाउदै छन ।

आइजिपीकै अर्का दाबेदार रमेश खरेलले भने राजीनामा दिइसकेका छन । प्रचण्डको पावरकै कारण खनाल आइजिपी बनेका हुन ।

खनाल आइजिपी भएपछि शुरु भएको रोलक्रम विवादमा गृहसचिव प्रेम कुमार राई, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओली र आइजिपी सर्वेन्द्र खनालबीच सहमति नहुँदा एआइजी बढुवा लम्बिएको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •