प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेटवार्ता गर्ने !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड आज भारत जाँदैछन् । भारत सरकारको निमन्त्रणामा प्रचण्ड आज दिल्ली जान लागेका हुन् ।

प्रचण्ड दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् दिल्ली जानेछन । भ्रमणमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा प्रचण्ड भारत जान लागेका हुन । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग उच्च राजनीतिक भेटवार्ता गर्नेछन ।

भदौ २४ गते स्वदेश फर्केपछि प्रचण्ड फेरी चीन भ्रमणमा जानेछन ।

तपाईको प्रतिक्रिया