आवास निर्माणको काम स्थानीय तहलाई



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिले निजी आवास निर्माणको काम स्थानीय तहलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकले निजी आवास निर्माण स्थानीय तहलाई दिने निर्णय गरेको हो ।

प्राधिकरण जिल्ला तहको पुननिर्माणसम्बन्धि निकायले अनुगमन गर्ने गरी निजी आवास पुननिर्माणको काम स्थानीय तहलाई नै दिने निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

बैठकले भूमिहीन लाभग्राहीलाई स्थानीय तहले तोकेको स्थान र मापदण्डका आधारमा अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

स्थानीय तहले तोकेको मापदण्ड र जिल्ला समन्वय समितिले सिफारिस गरेको आधारमा भूमिहीन लाभग्राहीलाई पुननिर्माणका लागि अनुदानको व्यवस्था गर्ने निर्णय गरिएको ज्ञवालीले बताए ।

बैठकले चालू आर्थिक वर्षभित्र परम्परागत बस्ती, सहरी बस्ती, जोखिमयुक्त बस्तीबाहेक सबै लाभग्राहीलाई तेस्रो किस्ताको अनुदान सहायता उपलब्ध गराउने लक्ष्य निर्धारण गरेको छ ।

ओलीले पुनर्निर्माणको कामलाई तीव्रता दिने गरी वित्तिय व्यवस्थापनको कामलाई चुस्त बनाउन अधिकृत ज्ञवालीलाई निर्देशन दिएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •