बिरामीको सेवामा कुनै कसुर बाँकी नराख्न प्रहरीलाई आइजिपीको निर्देशन !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल प्रहरीले राज्यको सुरक्षासंगै उपचार सेवालाई समेत उच्च प्राथमिकतामा राखेको छ । यसै बर्षदेखि  प्रहरी अस्पतालका केही बेड सर्वसाधारण नागरिकका लागि छुट्यएको नेपाल प्रहरीले बिरामीको उपचारमा थप तिब्रता दिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल भने बिरामीको गुनासो नआउने गरी गुणस्तरीय सेवा दिन निर्देशन दिएका छन ।

नेपाल प्रहरी अस्पतालभित्र निर्माण भएको काली मन्दिर उद्घाटन, इमर्जेन्सी तथा ओपिडी र महिला ब्यारेक भवनको शिलान्यास र हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको उद्घाटन गर्दै उनले बिरामीको सेवामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका हुन ।

महानिरीक्षक खनालले अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं नेपाल प्रहरीको शिर उँचो पार्ने कार्य गर्न आफू तल्लीन रहेको हुँदा उक्त अभियानलाई सफल पार्न अस्पताललगायत सबै इकाइका प्रहरी आआफ्नोतर्फबाट लाग्नुपर्ने बताए ।

“प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ, आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्छ”, उनले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •