तोडियो भारतको एकाधिकार, नेपालले अब चीनका बन्दरगाहबाट सामान ल्याउने



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतको एकाधिकार तोड्दै नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । सन् २०१६ मा भएको पारवाहन सम्झौताअनुरुप नेपाल र चीनको प्रोटोकल कार्यविधिमा हस्ताक्षर बिहीबार राती हस्ताक्षर भएको छ । सम्झौतामा हस्ताक्षर भएसँगै नेपालले चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने भएको हो ।

सम्झौताअनुसार अब नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जारी विज्ञप्तीमा बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको उल्लेख उल्लेख गरिएको छ ।


नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वबीच दुई दिनको छलफलमा पारवाहन सम्झौता भएको हो ।

अहिले नेपालले भारतका दुई सामुन्द्रिक बन्दरगाहमात्रै प्रयोग गर्दै आएको छ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •