हराएको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्था भेटियो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । शनिबार बिहान गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार 9NALS कल साइन भएको उक्त हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको बताए ।

दुर्घटनास्थल नुवाकोट सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिम जंगलमा पर्छ। दुर्घटनाको आवाज आएको स्थानीयवासीको सूचनाका आधारमा आफू दुर्घटनास्थलतर्फ लागेको म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले बताए ।

उद्दारका लागि गएका हेलिकोप्टरबाट तल देखियो तर ल्यान्ड गर्न नसकिएको प्रवक्ता तिवारी बताए । दुईवटा हेलिकोप्टरले अहिले सम्पर्कविहीन भएको हेलिकोप्टरको खोजी गरिरहेका छन्।

को को थिए हेलिकोप्टरमा ?

  • हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
  • दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
  • हिरा शेर्पा (वर्ष ३५, दोलखा
  • ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
  • छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
  • सुनिल तामाङ (वर्ष २२)
  • निश्चल केसी (पाइलट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •