नेविसंघको महाधिवेशनबारे छलफल सुरु, आगामी कात्तिक १८ गतेका लागि प्रस्ताव


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा केहीबेर अघि शुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिए पनि भर्खर सुरु भएको हो । बैठकमा विधान नियमावली पारित तथा आगामी महाधिवेशनको मिति तोक्ने विषयमा छलफल भैइरहेको छ ।

जारी बैठकमा राज्य पुर्नसंरचनापछिको नयाँ विधान, त्यसमा केन्द्रिय समितिको आकार लगायतका विषयमा छलफल भैइरहेको नेपाल बिद्यार्थी सघका केन्द्रिय सदस्य तथा प्रदेश न ३ का प्रबक्ता रत्नहरी ढुङ्गेले जानकारी दिए ।

माउ पार्टी कांग्रेसले नेविसंघभित्र पछिल्लो समय देखा परेको विवाद समाधानका लागि केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा सदस्यद्धय नविन्द्रराज जोशी र प्रदीप पौडेल रहेको समिति गठन गरेको थियो ।

आजको बैठकमा उनिहरुको पनि सहभागिता रहेको छ । नेविसंघको नयाँ विधानमा १ सय १ सदस्यीय केन्द्रिय समिति र नेविसंघको आगामि महाधिवेसन कात्तिक १८ गतेका लागी प्रस्ताव गरिएको छ।

यस्तै प्रदेश कमिटीमा ५१ सदस्यीय र महिला ३६ प्रतिशतको प्रस्ताव विधानमा गरिएको छ । लामो समयदेखि विवादको घेराभित्र रहेको ३२ वर्षीय हदबन्दी भने हटाउने तयारी संघको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार