चीनबाट भित्रियो १० किलो सुन, दुई जना पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । प्रहरीले गोरखाबाट अवैध १० किलो सुनसहित दुई जना पक्राउ गरेको छ। गोरखाको चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाई शनिबार प्रहरीले १० किलो सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

सुनसहित पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए।

चीनसँगको खुला सीमाना हुँदै उक्त सुन भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •