कृष्ण हत्याका आरोपित छविलाल पौडेल रिहा, गंगामाया फेरी अनशन बस्लिन ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका मुख्य अरोपी छविलाल पौडेल रिहा भएका छन । आइतबार साँझ चितवन जिल्ला अदालतले पौडेलसहितका १२ जनालाई सफाई दिने फैसला गरेको थियो ।

चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन ।

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अरु भने पक्राउ परेका थिएनन् ।

आफ्ना छोराका हत्यारा मानिएका सबै रिहा भएपछि आमा गंगामाया अधिकारी फेरी अनशन बस्लिन की नबस्लिन भन्ने प्रश्न उठेको छ । यसअघि २०७० सालदेखि कृष्णका बुवा नन्दप्रसाद र आमा गंगामाया भने अनशन बसेका थिए ।

अनशनकै क्रममा बुवा नन्दप्रसादको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया