खुल्यो मिश्रको प्रधानन्यायाधीश बन्ने बाटो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाई विशेष समितिले आज अनुमोदन गरेको छ । मिश्रको नाम आज बिहान संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको हो ।

मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसलगत्तै समितिले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । संसदीय समितिले नाम अनुमोदन गरेपछि अब मिश्रको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ ।

संसदीय समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार