काठमाडौंभित्रै दुई बालिकालाई बन्धक बनाएर बलात्कार



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । शान्ति सुरक्षामा ठूलो प्रश्न उठेका बेला काठमाडौंको कीर्तिपुरमा दुईजना किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको घटना बाहिर आएको छ ।

प्रहरीले किशोरीहरूलाई बन्धक बनाइ रेप गरेको अभियोगमा कीर्तिपुर–७, हनुमानघाटका २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको छ । खत्रीलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको जनाइएको छ । पीडित बालिकाको उद्दार गरिएको छ ।

१४ र १३ वर्षीया ती दुई बालिका ४ दिनदेखि हराइरहेका थिए । दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको तर्फबाट गृहमन्त्रालयको जिम्मेवारी लिएका रामबहादुर थापाले शान्ति सुरक्षा बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला दुई किशोरी बलात्कृत हुनुलाई धेरैले गम्भीरतापूर्वक लिएका छन् । गृहमन्त्री थापाले प्रहरीभित्र राजनीतिक हस्तक्षेप गरेकै कारण शान्ति सुरक्षामा चुनौती थपिएको आरोप छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •