निर्मलाले न्याय पाउन नसक्ने भन्दै छानविन समितिका सदस्यले दिए राजीनामा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी घटनाको जांचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उप सचिव वीरेन्द्र केसीले आज राजधानीमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् ।

उप–सचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको बताएका छन् । उनले १५ दिन म्याद थप गरिएपछि किशोरीले न्याय पाउनेमा शंका ब्यक्त गरे।

केसीले १५ दिन म्याद थप्दा कानुनी समस्या समेत आउने विज्ञप्तीमा उल्लेख गरेको छ । समितिको १५ दिनको म्याद हिजो सकिएको हो ।

२५ दिन भन्दा बढी हिरासतमा राख्न नपाइने कानुनी प्रावधानले समयमा प्रतिवेदन पेश नगर्दा अपराधी उम्कन सक्ने प्रवल सम्भावना रहेको विज्ञप्तीमा उल्लेख छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •