प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेको गोबर ग्याँस बन्द !


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । विराटनगरमा यसै महिनाको शुरुमा उद्घाटन गरिएका गोबर ग्यास बन्द भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ५ गते तामझामका साथ पाइपमार्फत घर घरमा ग्यास बलेको भन्दै गोबर ग्यासको उदघा्टन गरेका थिए ।

तर झण्डै २० दिनमै ती गोबर ग्यास बन्द भएका छन । त्यतिबला ३२ घरमा ग्यास बालिएको थियो भने अरु ४८ घरमा ग्यास बाल्ने तयारी थियो ।

तर एक महिना पनि नपुग्दै ग्यास प्लान्ट बिग्रिएपछि गोबर ग्यास बन्द भएको हो । विराटनगर महानगरपालिका–१४ को श्रीकृष्ण गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास बन्द भएपछि प्राविधिकहरू मर्मतमा लागेका छन ।

तपाईको प्रतिक्रिया