ओली-प्रचण्ड गोप्य भेट, बादल र महासेठको मन्त्री पद धरापमा !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । भारत भ्रमणबाट फर्किने वित्तिकै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नुवाकोटको ककनी पुगेका छन । दिल्लीबाट फर्केको भोलिपल्ट उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

त्यसको भोलिपल्ट उनी आरामका लागि भन्दै ककनी पुगेका हुन । यसका पछाडी ओलीले सरकारका मन्त्रीको हेरफेर गर्न चाहेका छन ।

तर प्रचण्डको सहमति बिना त्यो सम्भव छैन । प्रचण्ड फेरी चीन जादैछन । प्रचण्ड चीन जानुअघि वा चीन गएपछि ओलीले मन्त्री हेरफेर गर्नेगरी उनीबाट सहमति चाहेका छन ।

यसका लागि प्रचण्ड आन्तरिक छलफलको तयारीमा भएपनि गृहमन्त्री राम बहादुर थापा बादल र आपूर्तिमन्त्री मातृका यादवले मानेका छैनन ।

यही गाह्रो अवस्थालाई कसरी समाधान गर्ने भन्ने चिन्ताको चिन्तन गर्न प्रचण्ड ककनी पुगेका हुन ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, पर्यटनमन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई हटाउन खोजेका छन ।

पुर्व एमालेमा यसमा खासै विवाद नभएपनि पुर्व माओवादीमा भने विवाद छ । प्रचण्डको कार्यशैली नमिलेरै केही बर्षअघि मोहन बैद्यसँग पार्टी फुटाएका बादल फेरी प्रचण्डसँग आएका हुन ।

तर यसमा पनि प्रचण्डले फेरबदल चाहेको खण्डमा बादल र प्रचण्डबीच फाटो आउन सक्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •