अपहरणपछि एक व्यापारीको छुरा प्रहार गरि हत्या, एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

दमक । झापामा एक व्यापारीको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्या भएको हो।

उनको शव गौरीगञ्जमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अनुसार हत्या गरेर फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीमा खेत नजिकै रहेको नालामा आज बिहान भेटिएको हो ।

मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र झोला फेला परेको छ ।

करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए । सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीजञ्ज गएको पौडेलकी श्रीमतीले बताईकी छिन् ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार