बसको ठक्करबाट विक्रम र तृष्णाको ज्यान गयो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजापुर । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया बाँसगढी नगरपालिकाको माछागढमा बसले साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

राजमार्गको माछागढमा पश्चिमबाट पूर्वतर्फ गइरहेको से१ख १४२६ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

बसको ठक्करबाट बाँसगढी नगरपालिका–९ माछागढका १६ वर्षीय विक्रम विक र ९ वर्षीया तृष्णा विकको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए। बस र चालकलाई बाँसगढी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •