काठमाडौँ आएका निर्मलाका आमाबुवाले आज प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय बालिका निर्मला पन्तका आमाबुवा न्यायको माग गर्दै काठमाडौ आएका छन । उनीहरुले आजदेखि राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायतसँग भेटघाट गर्दैछन ।

साउन १० गते घरबाट साथीकहाँ गएकी पन्त ११ गते मृत्त अवस्थामा भेटिएकी थिइन । बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा भेटिएको निर्मलाको शब जलाएको पनि एक महिना बितिसकेको छ । तर प्रहरीले अहिलेसम्म पनि अपराधी पक्राउ गर्न सकेको छैन ।

प्रहरी, सिआइबी र सरकारले गठन गरेको छानबिन टोलीले निष्पक्ष अनुसन्धान गर्न नसकेपछि निर्मलाका आमाबुवा काठमाडौ आएका हुन । महिला अधिकारकर्मीसहितको टोलीले आज प्रधानमन्त्रीसहित प्रमुख विपक्षी दलका नेता, नेकपाका अध्यक्ष प्रचण्ड लगायतसँग पनि भेट गर्नेछ ।

उनीहरु काठमाडौ आएकै दिन कञ्चनपुरमा निर्दोष तर मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टलाई रिहा गरेको छ । यसअघि प्रहरीले उनलाई दोषी भनेर सार्वजनिक गर्दा कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलन दबाउन प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गयो भने अरु १० जना घाइते भएका थिए ।

बिष्टसँगै घटनाका साक्षी बम दिदीबहिनी बबिता र रोशनी पनि छुटेका छन । उनीहरुलाई प्रहरीले छाडेसँगै घटना सेलाउने र बलात्कारी तथा हत्यारा उम्किने स्थानीयको आशंका छ ।

तपाईको प्रतिक्रिया