पहिरोमा फसेका शेपा दम्पतिको हेलिकोप्टरबाट उद्धार


Share This

नेपालबहस संवाददाता    

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको चेताङमा पहिरोमा फसेको दुईजनाको उद्धार गरिएको छ । पहिरोमा फसेका दोर्जे शेर्पा र पाङ्जेन शेर्पा दम्पतीको बुधबार साँझ ७ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बिहान गोठमा वस्तुलाई घाँस हाल्न गएका शेर्पा दम्पती दिउँसो घर फर्कने क्रममा पहिरोमा फसेपछि घर फर्किन सकेका थिएनन् । चारैतिर पहिरो गएपछि बीचमा फसेका शेर्पा दम्पतीलाई उद्धार गरी विदुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएका वीरबहादुर तामाङ र पुतली तामाङ भने सकुशल रहेको तथा गाउँमा आइसकेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योवीन्द्रसिंह तामाङले जानकारी दिए ।

पहिरोले सात घर बगाएको छ भने तीन भैँसी र ६ वटा गाईगोरु मरेको अध्यक्ष तामाङले बताए । पहिरोको कारण १६ घर जोखिममा परेको छ ।

तपाईको प्रतिक्रिया