टिकट नपाएको झोकमा हत्या, आलमको हत्या गर्ने प्यासीलाई जन्मकैदको फैसला !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा । तत्कालीन नेकपा एमाले नेता महमुद आलमको हत्या पुर्व सभाषदबाटै भएको पुष्टि भएको छ । हत्या अभियोगमा जेल सजाय भोगिरहेका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएपछि उनी नै मुख्य हत्यारा रहेका पुष्टि भएको हो ।

तत्कालीन एमालेका केन्द्रीय सदस्य आलमको हत्यामा सलंग्न रहेको आरोपमा प्यासीलाई जिल्ला अदालत बाराले १० बर्षको जेल सजाय सुनाएको थियो।

अदालतको फैसला बमोजिम २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई उच्च अदालत वीरगन्जले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ को ४ बमोजिम जन्मकैदको फैसला सुनाएको हो ।

यसअघि जिल्ला अदालत बाराले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम १० बर्षको जेल सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टी जनाउदै आलम पत्नी नेजमाले २०७३ कार्तिक ५ गते पुनरावेदन गरेकी थिइन्। पुनरावेदनको दुई वर्षपछि उच्च अदालतले प्यासीले नै आलमको हत्या गरेको भन्दै उनलाई जन्मकैदको फैसला गरेको हो ।

संविधान सभाको दोस्रो निर्वाचनको समयमा बारा क्षेत्र नम्बर ६ बाट संविधान सभासद पदमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ गते आलममाथी परवानीपुरमा गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते आलमको असोज २४ गते काठमाडौंमा निधन भएको थियो।

तत्कालीन एमालेका पूर्वसमानुपातिक सभासद प्यासीले टिकट नपाएपछि आलमको हत्या गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •