राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा, सर्वसाधारणलाई सास्ती !


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जादा उनलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गरेका थिए ।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले फूल एवं प्रसाद दिएका थिए । बेलुकी ७ बजेतिर राष्ट्रपतिले दर्शन गर्दा एक घण्टा सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो । दिनभर शान्त र सहज ढंगले पुजा गर्न पाएका सर्वसाधारणले राष्ट्रपति पशुपति आउँदा भने केहीबेर सास्ती पाएका थिए ।

तपाईको प्रतिक्रिया