नेकपाको सचिवालय बैठक : माधव नेपालको आपत्ति, आज के हुन्छ ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । जनवर्गीय संगठनको एकतामा जुटेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । बालुवाटारमा दिउँसो ३ बजेपछि सुरु हुने बैठकमा जनवर्गीय संगठनको एकताका लागि तयार भएका प्रतिवेदनमाथि अन्तिम छलफल हुनेछ ।

यसअघि हिजोको बैठकमा नेता माधव कुमार नेपालले आफुलाई थाहै नदिई पार्टीका काम गर्न लागिएको भन्दै आपत्ति जनाएका थिए । पछिल्लो समय प्रचण्ड र ओली नजिकिएपछि माधव नेपाल गुट नेकपामा ओझेल पर्न थालेको छ ।

एकताका क्रममा जिल्ला तहमा नेतृत्व सिफारिस गर्ने बेलामा दुई अध्यक्षले आ–आफ्नो गुटका नेतालाई मात्र महत्व दिएको नेता नेपालको भनाई छ । जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपनि अहिलेसम्म जिल्ला तह र जनवर्गीय संगठनबीच एकता भएको छैन ।

तपाईको प्रतिक्रिया