कञ्चनपुरमा अर्को डरलाग्दो घटना : मध्यरातमा ९ महिने बालिकाको अपहरण !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर । १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले आक्रान्त कञ्चनपुरमा अर्को डरलाग्दो घटना भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा ९ महिनाकी बालिकाको अपहरण भएको छ । तीजका लागि माइत गएका बेला आफ्नो काखबाट राति २ बजे नचिनेका मानिसले ९ महिनाकी छोरी सरुको अपहरण गरेका प्रहरीले जनाएको छ ।

आमा बेलुदेवी विष्टले आफु राती सुतेका बेलामा आफ्नी छोरी अपहरणमा परेको बताएकी हुन । आमाकै काखबाट छोरीको अपहरणपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •