निर्मलाका बुबाआमाले भक्कानिदै भने, ‘राष्ट्रपतिले आफ्नी छोरी सम्झेर न्याय दिनुस्’



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षी बालिका निर्मला पन्तका बुवाआमा न्याय खोज्दै काठमाडौं आइपुगेका छन् ।

कञ्चपुरका केही अधिकारकर्मी सहित काठमाडौं आइपुगेका पन्त दम्पत्ति बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन् ।

न्याय माग्दै काठमाडौं आइपुगेकी दुर्गा पन्तले बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति पनि एउटा आमा भएकाले आफ्नै छोरी सम्झिएर न्याय गरिदिने आशा व्यक्त गरेकि हुन् ।

प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ, निर्मलाकी आमाले भनिन, ‘अहिलेसम्म हत्यारा पत्ता लागेर हाम्रोसामू खडा भएन । हामी न्याय खोज्न यहाँ आएका छौं ।’ न्याय दिलाउने जिम्मा उहाँहरूमा छ, उनले भनिन, ‘न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् ।

मेरो मात्र छोरी नसम्झिनू, तपाईंको पनि छोरी सम्झिनुस । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।’ गला अवरुद्ध पार्दै केहीबेर बोलेकी उनले जसरी पनि न्याय दिन आग्रह सरकालाई आग्रह गरिन् ।

यस्तै बुवा यज्ञराज पन्तले आफ्नो छोरीको हत्या भएको घटनाबारे सुनाउने क्रममा पत्रकार सम्मेलनमै रुदै उनले न्याय दिन नसक्ने भए, हामी सक्दैनौं भनेर आफूलाई पनि गोली ठोकिदिन सरकारलाई आग्रह गरेका छन् ।  निर्मलाका बुबा यज्ञराज पन्तले छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै होला भनेको प्रसंग सुनाउँदै गर्दा उनी सम्हालिनै सकेनन् ।

रुमालले आँसु पुछ्दै उनले भने, ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ ।’
उनले घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीज्यूले बोल्नुभएको एउटा कुरा पनि सही छैन, उनले भने ‘मलाई न्याय दिलाउनुर्पयो जसरी भए पनि ।’

कञ्चनपुरबाट आएका निर्मलाका आफन्त र अधिकारकर्मीहरुले न्याय नपाएसम्म अब काठमाडौंबाट फिर्ता नजाने बताएका छन् । उनीहरुले यहाँ राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेटेर न्यायको अपिल गर्ने र त्यति गर्दा पनि नभए अर्को कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एस काठमाडौंबाट….


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार