निर्मला हत्या प्रकरण : एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । निर्मला पन्त हत्या र बलत्कार प्रकणरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

विष्टको रगत लिएर त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । एसपी विष्टको डीएनए परीक्षणका लागि बिहीबार बिहान रगकको स्याम्पल लिइएको छ ।

स्रोतका अनुसार एसपी विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन पनि गरेको छ । एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयु विष्टको पनि डीएनए परीक्षण गर्ने तयारी भएको छ ।

निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी बम र बबिता बम पनि छुटिसकेका छन् । रोशनी हाजिर जमानीमा छुटेकी छिन् । बबिता ३० हजार रुपैयाँ धरौटीमा छुटेकी हुन् ।

साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार