निर्वाचनमा भएको जित सधैँका लागि होइन : कांग्रेस प्रवक्ता शर्मा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसको हारबाट पाठ सिकेर अघि बढन पनि आग्रह गरेका छन् । उनले निर्वाचनमा भएको जित ‘सधैँका लागि हो जस्तो’ भ्रममा नपर्न पनि प्रधानमन्त्री ओलीलाई सचेत गराएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लेखनाथ न्यौपानेले लेखेको ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपाली–नेपालीबीच नै सिक्न र झुक्न सिके अरुसँग सिक्न र झुक्न नपर्नेसत्तारुढ दलका नेताहरुलाई सुझाव पनि दिए ।

प्रवक्ता शर्माले सत्तामा रहेर गल्ती गर्दा कांग्रेसले निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अघि बढन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृत्वसँग आग्रह गरेका छन् ।

उनले पार्टीलाई सरकारमा रहँदा गलत बाटोमा जान नदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुलाई सचेत रहनु पनि आग्रह गरेका छन् ।

प्रतिपक्षको रुपमा सरकारलाई गलत बाटोमा जान नदिन कांग्रेसले खवरदारी गरिरहने पनि प्रवक्ता शर्माले स्पष्ट पारेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार