सवारी दुर्घटना घटाउन सडकमा सुशासन अभियान !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं १ स्थित ६ जिल्लामा सडक सुशासन अभियान लागू गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘सडक सुशासन तथा सुरक्षा’ विषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा स्थानीय तहसँगको सहकार्यमा प्रदेश सरकारले सो अभियान सुचारु गर्न लागिएको जनाएको छ ।

पहिलो चरणअन्तर्गत मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुर जिल्लाका १० किलोमिटर क्षेत्रको राजमार्गलाई विकास गरी नमूना सडक सुशासन अभियान लागू गर्नेछ ।

अभियानअन्तर्गत मोरङ विराटनगरको मेनरोड, सुन्दरहरैचा र गछिया राजमार्ग, सुनसरीको इटहरी बुढीखोलादेखि रामधुनी झुम्का बजार, झापा विर्तामोडको मुक्तिचोकदेखि सुरुङ्गाको माईखोला पुलसम्म नमूना सडक निर्माण गरिनेछ ।

यसैगरी इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोलादेखि कागतै चोक र उदयपुरको गाईघाट बजारदेखि जलजले ढाटसम्मको १० किलोमिटर राजमार्ग क्षेत्रलाई नमूना सडक निर्माण गरी प्रदेश सरकारले सडक सुशासन अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

ती राजमार्ग क्षेत्रभित्र समेटिने मोरङको विराटनगर, विराटचोक, सुनसरीको इटहरी बजार, झापाको लक्ष्मीपुर, विर्तामोड बजार, इलामको इलाम बजार, धनकुटाको भेडेटार बजार र उदयपुरको गाईघाट बजारलाई नमूना शहरको रुपमा विकास गरिने पनि जनाइएको छ ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहिलो पल्ट प्रयोगमा ल्याउन लागिएको सडक सुशासन अभियानवाट सर्वसाधारण जनताले सडक प्रयोगमा सुरक्षाको अनुभूति प्राप्त गर्ने बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •