संसदमा गृहमन्त्री थापाले गरे आत्मालोचना



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नको समयमै रिपोर्टिङ गर्न नसकेको प्रति आत्मालोचना गरेका छन् ।

सदनमा उठेका कुरामा गृहमन्त्रालयले समयमै रिपोर्टिङ गर्न खोजेको भए पनि विभिन्न कारणले नसकेको भन्दै उनले आत्मालोचना गरेका हुन् ।

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सदनमा उठेका जिज्ञासाको जवाफ विभिन्न कारणले समयमै दिन नसकेकोमा कमजोरिको रुपमा लिने हो भने म आत्मालोचना गर्न चाहन्छु, उनले भने ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्या प्रकरणमा गृहमन्त्रालय गम्भीर रहेको र अनुसन्धानलाई पनि गम्भीर रुपमा अगाडि बढाइरहेको बताए ।

छिट्टै नै अपराधिलाई कानुनी कठघरामा ल्याइने प्रष्ट पार्दै उनले उच्चस्तरीय छानविन आयोगले गम्भीर भएर काम गरिरहेको बताए ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार