अब जनआन्दोलनका घाइते र सहिद परिवारलाई पनि भत्ता, बृद्धभत्ता पाउन ७० बर्ष पुग्नैपर्ने !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । संसदीय समितिले वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरेको छ । संसदको राज्यव्यवस्था समितिले सामाजिक सुरक्षाका विषयमा व्यवस्था गर्न बनेको विधेयकमा ७० वर्ष उमेर कायम गर्ने निर्णय गरेको हो। यद्यपी यसबारे सञ्चारमाध्यमलाई समितिका सदस्यले भनिसकेका छैनन ।

एकल महिला र दलितलाई ६५ वर्षमै वृद्धभत्ता दिने भएपनि अरुलाई भने ७० बर्ष भएपछि मात्रै भत्ता दिने निर्णय यसअघिकै सरकारले गरेको थियो । तर कानुनमार्फत् भने पहिलो पटक नै उमेर तोक्न लागिएको संसदीय समितिका सदस्यले नाम नखुलाउने शर्तमा भनेका छन ।

समितिले ७० वर्ष उमेर तय गर्दै प्रतिवेदन तयार गरेको हो। समितिको प्रतिवेदन शनिबार संसदमा पेश हुँदैछ। समितिले जनआन्दोलनका घाइते, सहिद परिवारलाई पनि भत्ता दिने व्यवस्था प्रतिवेदनमा गरेको ती सदस्यको भनाई छ ।

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। २०६१ सालमा १ सय ७५ रूपैयाँ दिइने बृद्धभत्ता अहिले बढाएर २ हजार पुर्‍याएको छ ।

बृद्धभत्ताबारे यसअघि शेरबहादुर देउवा सरकारले २०७४ सालमा मन्त्रिपरिषदबाट वृद्धभत्ता पाउने उमेर ६५ कायम गरेको थियो। यसले देउवालाई चर्चा र बिवादमा तानेको थियो । त्यसलगत्तै प्रधानमन्त्री भएपछि प्रधानन्त्री केपी शर्मा ओलीले देउवाको निर्णय कार्यान्वयन नगरी खारेज गरेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •