थुनिएको खोला बग्न थाल्यो, बाग्लुङ्गमा ठूलो दुर्घटना टर्यो !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मी । गएरातीदेखि पहिरोका कारण थुनिएको बाग्लुङ्गको बडिगाड खोलाबाट पाँच घण्टापछि ओभरफ्लो भएर पानी बग्न थालेको छ ।

ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बग्ने बडिगाड खोला शुक्रबार रातिदेखि थुनिएको थुनिएको थियो । तर अहिले खोलाको सतहमाथिबाट बिस्तारै पानी बग्न थालेको हुँदा त्यहाँको अवस्था खतरामुक्त रहेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिएका छन ।

ढोरपाटन नगरपालिका –१, र बडिगाड गाउँपालिका –७, अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि शुक्रबार रातिदेखि खोला थुनिएको थियो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार ताल नफुटे पनि ताल माथिबाट अहिले पानी जान थालेको हुँदा थुनिएको खोलामा ५० प्रतिशत पानी बग्न सुरु गरेको कारण उक्त क्षेत्रको अवस्थाखतरामुक्त रहेको बताएका हुन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •