निर्मलाको हत्यामा दोषी को ? छानबिन टोलीको प्रतिवेदन गृह मन्त्रालयमा !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई कारबाही सिफारिस गर्दै छानबिन टोलीले आफ्नो प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन टोलीको प्रतिवेदनले निर्मलाको हत्यामा सलंग्न लुकाउनुका पछाडी प्रहरीहरुलाई दोषी देखाएको छ । साथै त्यस्ता सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन प्रतिवेदनले सिफारिस गरेको छ ।

प्रतिवेदन अनुसार नै सिआइबीमा कार्यरत डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको छ ।

प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि निर्देशन दिएको छ ।

तर दोषी को थियो ? निर्मलालाई बलात्कार र हत्या गर्ने को थियो ? भन्ने खुलाएको छैन । गृह मन्त्रालय श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टकै लापरवाहीले अभियुक्त पक्राउ पर्न नसकेको हो ।

प्रतिवेदनको आधारमा अभियुक्तलाई केही दिनभित्रै पक्राउ गरिने गृह श्रोतले दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया