पहिरोमा पुरिएर २ जनाको मृत्यु, घाइते ५ जनालाई काठमाडौँ ल्याइयो !



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा । शनिबार राती गएको पहिरोमा परी रसुवामा दुई जना कामदारको ज्यान गएको छ । अरु ९ जना घाइते भएका छन् ।

गोसाइकुण्ड गाउँपालिका १ मा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरो जाँदा आयोजनामा काम गर्ने हेटौँडाका २२ वर्षिय रमेश कुप्रोला र रुकुमका ५० वर्षीय भिम रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा एक जना चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ । घाइते ९ मध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने ५ जनाको हाइड्रोपावर भित्रै रहेको प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •