घुसकाण्डपछि दुई इन्स्पेक्टर कारवाहीमा, कोटेश्वर प्रभागको जिम्मेवारी एलिजालाई


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शनिबार ९ जना प्रहरी अधिकारी घुससहित समातिएपछि नेपाल प्रहरीले दुई जना इन्सपेक्टरको सरुवा गरेको छ । काठमाडौंको कोटेश्वर र कांडाघारी प्रहरी प्रभागका असई र जवानलाई घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेपछि त्यहाका ईन्चार्जलाई हटाइएको हो ।

प्रहरी मुख्यालयले कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेको छ । लामाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत इन्स्पेक्टर एलिजा गिरीलाई जिम्मेवारी दिइएको छ ।

इन्सपेक्टर गिरीको ईन्चार्जको रुपमा यो पहिलो पोस्टिङ हो । गिरीसंग महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेमा काम गरिसकेको अनुभुव छ । उनि नेपाल प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिएकी छिन्।

अख्तियार शनिवार घूससहित पक्राउ महानगरीय प्रहरी प्रभाग कांडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना प्रहरी हबल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुंवर र मुकेश पट्टेल छन् । उनीहरुले १ लाख घुस लिएको अख्तियारले जनाएको छ ।

इन्सपेक्टर लामाका भान्से प्रहरी जवान पट्टेल घुस प्रकरणमा मुछिएपछि उनलाई सरुवा गरिएको हो । त्यसैगरी महानगरीय प्रहरी प्रभाग कांडाघारी इन्स्पेक्टर हरि ओझाको समेत सरुवा भएको छ । उनको ठांउमा इन्स्पेक्टर सुधीर राईले जिम्मेवारी सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार