दशैँमा घर जानेलाई असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ला !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । दशैँको अग्रिम टिकट बुकिङ खुल्ने पक्का भएको छ । यातायात व्यवसायी र सरकारबीच दशैँको बुकिङ असोज ५ गतेदेखि खोल्ने सहमति भएको हो ।

यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच आइतबार भएको छलफलले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

यसअघि व्यवसायीले अग्रिम बुकिङ खोल्न आलटाल गर्दै आएका थिए । अग्रिम बुकिङ खुल्ने भएपछि दशैँमा उपत्यका बाहिर जाने यात्रु केही खुशी भएका छन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •