वायु सेवा निगममा कंसाकारको पद धरापमा, अध्यक्षमा खरेल नियुक्त !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ असोज । हालै किनिएका दुई वटा जहाज प्रकरणमा व्यापक घोटाला गरेको आरोपमा सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई जिम्मेवारी बिहिन बनाएको छ ।

मन्त्रीपरिषद बैठकले सञ्चालक समितिका सदस्य मदन खरेललाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेपछि कंसारको पद धरापमा परेको हो ।

आइतबार राती बसेको मन्त्रिपरिषदको बैठकले मदन खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।

गत मन्त्रीपरिषदको बैठकमा झापाका खरेललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गर्दा चर्को आलोचना भएको थियो । तर उनलाई एकहप्तामै कार्यकारी अध्यक्षमा नियुक्ती दिइनुले वायु सेवा निगमको भ्रष्टाचार प्रकरण्षलाई सरकारले मत्थर पार्न चाहेको देखिन्छ ।

२०७० सालमा निगमको महाप्रबन्धक भएका खरेलले एक वर्ष नपुग्दै राजीनामा दिएका थिए । काम गर्न नसकेको भन्दै तिब्र आलोचना खेपेका खरेलले ट्रेड युनियनको दबाबमा राजीनामा दिएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन ।

सरकारले फ्रान्सबाट दुई वटा अन्नपूर्ण र मकाुल वाइडबडी जहाज किन्दा करोडौ भ्रष्टाचार भएको तथ्य विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकारले बताउँदै आएका छन ।

वायुसेवा निगमको भ्रष्टाचार छताछुल्ल, कंसाकारलाई हटाउने तयारी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •