सुडानमा नेपाली सेनालाई गोली लाग्यो, अवस्था खतरामुक्त



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक नेपाली सैनिक जवानलाई गोली लागेको छ ।

ती सैनिकलाई आइतबार गोली लागेको नेपाली सेनाले जनाएको छ । तर घाइते जवानको नाम भने सेनाले सार्वजनिक गरेको छैन । उनलाई खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार दक्षिणी सुडानको नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको गस्ती फर्कने क्रममा उनलाई गोली लागेको हो ।

घाइते जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र घाइतेको अवस्था खतरामुक्त रहेको पनि सेनाले जानकारी दिएको छ ।

गोली दक्षिण सुडानको पिपुल्स लीवरेसन आर्मीका जवानबाट चलाएको बुझिएको सेनाको विज्ञप्तीमा उल्लेख छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार